Posts

Showing posts from August, 2025

बर्वाटाड़ीको परम्परागत " कंश वध मेला " [ 58 बर्ष पुरानो मेलाको तस्वीर सहित ]

Image
✨ ऐतिहासिक पर्सागढीको गौरवशाली इतिहास✨ तस्वीर:कुश्ती प्रतियोगिता  झंडा मेला 1967AD बिरुवागुठी,बर्वाछोटैली तस्वीर:झंडा मेला 1967AD बिरुवागुठी,बर्वाछोटैली पर्सागढीको माटोमा निहित इतिहास केवल युद्ध र विजयमा मात्र सीमित छैन, यहाँको संस्कृति र मेलापर्व पनि उतिकै जीवन्त र प्रेरणादायी छन्। 🕉️ बिरुवागुठीको परम्परागत मेला हाल पर्सागढ़ी नगरपालिका 04,बर्वाटाड़ीमा आयोजित हुँदै आएको मेलालाई सुरुवाती दिनमा यसलाई “झण्डा मेला” भनिन्थ्यो। यस मेलाले छिमेकी गाउँसमाजलाई एउटै धागोमा बाँध्ने काम गथ्र्यो। सबै गाउ पंचायतको छुट्टै समूह, आफ्नै शैली, आफ्नै रौनक सबैले सामाजिक सद्भाव र एकताको सुन्दर प्रतीकको रूपमा सहभागी हुन आउथे। तस्वीर:Nepal peace corps Volunteer  झंडा मेला 1967AD बिरुवागुठी,बर्वाछोटैली 🎭 मेलामा कुस्तीका प्रतियोगिता, लाठीको भिडन्त, जनावरको प्रदर्शन, रमाइला खेलकूद, खानपानका परिकार यी सबैले गाउँलाई जीवन्त रंगमञ्चमा बदलिदिन्थे। तस्वीर:झंडा मेला 1967AD बिरुवागुठी,बर्वाछोटैली 🕊️ पछि गाउँ समाजको सल्लाहमा धर्म र संस्कृतिको संरक्षण–विकासका लागि यस मेलालाई नयाँ आयाम दिइयो। भगवान् श्रीकृष्णले कं...

स्व. श्री बिश्वनाथ चौधरी :बिरुवागुठी इतिहासको दोश्रो प्रधान पंच [60बर्ष पुरानो चुनावको तस्वीर सहित]

Image
✍️पंचायत कालिन बिरुवागुठीको दोश्रो प्रधान पंचको प्रेरणादायक इतिहास ✍️ पर्सागढीको गौरवशाली इतिहासमा, **स्व. श्री विश्वनाथ चौधरी** एक अमिट नाम हो। पंचायत कालको दोस्रो निर्वाचनमा जनताले निर्वाचित गरेका प्रधान पंचको रूपमा उहाँले आफ्नो ईमानदार, निस्वार्थ र समर्पित नेतृत्वद्वारा गाउँ समाजको हितमा योगदान दिनुभयो। आजको पुस्ताले बुझ्न आवश्यक छ — *नेतृत्व भनेको पदको लोभ होइन, जनताको भरोसा, त्याग र सेवा हो।* 🙏 **स्व. श्री विश्वनाथ चौधरीलाई श्रद्धाञ्जली** 🌾 पर्सागढीको माटोमा जन्मिएका, पर्सागढीको लागि नै जीवन अर्पण गर्ने एक सच्चा जन–नेता। बिरुवागुठी गाउ पंचायतको नेतृत्वको इतिहास 📜 पंचायत कालको नेतृत्व इतिहास: 1️⃣ श्री गुजेश्वर सिंह 2️⃣ श्री बिश्वनाथ चौधरी 3️⃣ श्री गुजेश्वर सिंह 4️⃣ श्री शिवशंकर महतो (आमो देवी गाउ पंचायत) 5️⃣ श्री सुभाष महतो 6️⃣ श्री चन्द्रिका साह 🗳️ बिरुवागुठी गा. वि. स. (बहुदलिय काल पछि): 1️⃣ श्री सत्य नारायण दास थारू 2️⃣ श्री गोकर्ण पाठक 🙏हाम्रो अहिले सम्मको खोज, उपलब्ध दश्तावेज र बृद्ध अभिभावकहरु संगको परामर्श अनुसार माथिको प्रारंभिक नेतृत्व इतिहास तैयार गरेका छौ। तपाईको जा...

बिरुवागुठी गाउ पंचायतका प्रथम प्रधान पंच 🌿 स्व. श्री गुजेश्वर सिंह "बाबु साहेब"🌿

Image
🌿 स्व. श्री गुजेश्वर सिंह "बाबु साहेब" – बिरुवागुठीका प्रथम प्रधान पंच 🌿   सम्पूर्ण पर्सा जिल्लाको सबै भन्दा बढ़ी जनसंख्या भएको बिरुवागुठीको पंचायत कालिन पहिलो निर्वाचन वि.सं. 2019 मा मा हुदा प्रथम निर्वाचित प्रधान पंच बन्नु भएका मेरा हजुरबुवा, स्वर्गीय श्री गुजेश्वर सिंह, हाम्रो क्षेत्रको इतिहासमा निष्ठा, दूरदृष्टि र जनसेवाको अमिट छायाँ हुनुहुन्छ। 🕊️ हाम्रो समाज प्रति उहाको योगदान दुई कार्यकालको प्रधान पंचको रूपमा मात्र सिमित थिएन... 🌍उ समयमा अहिलेको जस्तो अस्पताल, डाक्टर, नर्सहरु भेट्न त्यति सजिलो थिएन मानिसलाई मानसिक रोग र भुतप्रेतमा बढ़ी बिश्वास हुदा उहाँले हजारौं बिरामीलाई "दैविक उपचार पद्धति" मार्फत सहारा दिनुभयो। 💥तर जब हैजा,मलेरिया जस्ता महामारी र शारीरिक एवं कीटाणु जन्य रोगहरु फैलिए... त्यस क्रममा उहाको योगदान हाम्रो समाजका लागी अतुलनीय छ। उहाँले समयको माग बुझ्नुभयो — 👉 पहिलो महामारीको रूपमा कीटाणु जन्य झाड़ापखला फैलिदा उहाँ आफ्नो सानो भाई "श्री बलिराम सिंह ज्यू" सहित भारत पुगेर दुई भाईले अलग अलग बिद्या होम्योपैथी र आधुनिक चिकित्सा बारे अध्यन ...

पर्सा जिल्लाको "पंचरुखी गाउ पंचायत" का सम्मानित प्रधान पंचहरुको इतिहास

Image
  📜 ऐतिहासिक पर्सागढीको गौरवशाली कथा – पंचरुखीको नेतृत्व यात्रा 🇳🇵 पंचायतकालको प्रारम्भदेखि बहुदलीय व्यवस्थासम्म, पंचरुखी गाउपंचायत नेतृत्वमा उभिएको इतिहास आज पनि प्रेरणाको स्रोत बनेको छ। 👑 पंचायतकालका गौरवमयी प्रधान पंचहरू: 1️⃣ श्री पहावर साह कलवार – पंचरुखीका प्रथम प्रधान पंच, जसले समर्पित नेतृत्वको आदर्श स्थापन गर्नु भयो। 2️⃣ श्री फुलेना मिश्रा (बहुवर्वा) 3️⃣ श्री परमेश्वर राउत अहिर (पंचरुखी) 4️⃣ श्री धुरुप चौधरी (जिंगना) 5️⃣ श्री सहदेव राउत अहिर (पंचरुखी) 🗳️ बहुदलीय युगका गा. वि. स. अध्यक्षहरू: 1️⃣ श्री सहदेव यादव – लोकतान्त्रिक युगको पहिलो निर्वाचित नेतृत्व 2️⃣ श्री धन बहादुर – जनअपेक्षाको जिम्मेवारी बहन गर्ने दुस्रा अध्यक्ष ✍️हाम्रो अहिले सम्मको खोज र पुराना उपलब्ध दस्तावेज अनुसार माथि उल्लेखित नामावली तैयारी गरिएकोछ, तपाईको जानकारी अनुसार केहि तथ्य सच्याउन पर्ने जस्तो देखिए कृपया सम्पर्क गर्नु होला। 🙏 यी सम्मानित नेतृत्वकर्ताहरूलाई हाम्रो पर्सागढी वासीको तर्फबाट हार्दिक नमन। गौरवशाली विगत, समृद्ध भविष्य!

📝पर्सा जिल्लाको "हरपुर गाउ पंचायत"का सम्मानित प्रधान पंचहरुको इतिहास

Image
" हामी जहाँ उभिएका छौं, त्यो जमिन केवल माटो होइन — त्यो हाम्रा पुर्खाहरूको पसिना, संघर्ष र सपना बोकेको इतिहास हो।" विगत, वर्तमान र भविष्यलाई जोड्ने अमूल्य सेतु हो — इतिहास। पर्सा जिल्लाको हरपुर गाउं र पर्सागढी क्षेत्रको गौरवशाली विगत आज केवल स्मृतिका टुक्रा जस्ता लाग्न सक्छन्, तर ती टुक्रा नै हाम्रो सामूहिक पहिचान, चेतना र अस्तित्वको मेरुदण्ड हुन्। 👑 पंचायत कालको नेतृत्व: 1️⃣ श्री बालकिशुन चौधरी — तीन कार्यकालसम्म लगातार नेतृत्व गर्दै स्थायित्व र सेवाको गहिरो आधार राख्नुभयो। 2️⃣ श्री कविकांत दास — चौथो कार्यकालमा सशक्त नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। 3️⃣ श्री राम चन्द्र साह — पाँचौं कार्यकालमा विजयी भइ, गाउँको समर्पित नेतृत्व गर्दै आजसम्म जीवित इतिहास बन्नुभएको छ। 🗳️ बहुदलीय व्यवस्था पश्चात् हरपुर गाउं पंचायत → हरपुर गा.वि.स. मा रूपान्तरण भयो। 👥 गा.वि.स. अध्यक्षहरू: [1] श्री कविकांत दास — पुनः २ कार्यकालसम्म अध्यक्ष भइ पुनर्निर्माण र समृद्धिको सूत्रपात गर्नुभयो। [2] श्री राम बढ़ई यादव — जनआन्दोलनको कठिन समयमै नेतृत्व सम्हाल्दै जनताप्रति प्रतिबद्धता देखाउनुभयो। यी नामह...