Posts

रुचि छ, क्षमता छ… तर पैसाको अभावले रोकिन्छन् विद्यार्थीका सपना

Image
  उडानमा आर्थिक अभावको तगारो पर्सागढी नगरपालिकामा हालै सम्पन्न “CAREER COUNSELING & MENTORSHIP PROGRAM (करियर परामर्श तथा मार्गदर्शन कार्यक्रम)” ले SEE परीक्षा दिएका सयौँ विद्यार्थीहरूको मनमा नयाँ आशा र उत्साह जगाएको छ। आफ्नो भविष्य कस्तो बनाउने भन्ने दोधारमा रहेका विद्यार्थीहरूले पहिलो पटक विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाए। कार्यक्रमको सुरुवात एक साधारण तर गहिरो प्रश्नबाट गरिएको थियो: प्रश्न न.1 “तपाईंलाई कुन विषय मन पर्छ?” प्रश्न न.2 “भविष्यमा के बन्न चाहनुहुन्छ?” यी प्रश्नहरूले धेरै विद्यार्थीका मनभित्र लुकेका सपना बाहिर ल्याए। कसैले डाक्टर बन्ने चाहना व्यक्त गरे, कसैले इन्जिनियर, शिक्षक, कृषि विज्ञ वा उद्यमी बन्ने सपना सुनाए। उनीहरूको आँखामा भविष्यप्रतिको चमक स्पष्ट देखिन्थ्यो। तर, जब संवाद गहिरिँदै गयो, एउटा साझा पीडा बारम्बार सतहमा आयो: “सर, पढ्न मन त छ... तर घरको अवस्था राम्रो छैन।” यही एउटा वाक्यले धेरै सपना बोकेका विद्यार्थीहरूको यथार्थ उजागर गर्‍यो। नेपालजस्तो विकासोन्मुख देशमा, विशेषगरी ग्रामीण तथा अर्ध-शहरी क्षेत्रका विद्यार्थीहरूका लागि उ...

आदर्श गाउँको "शिक्षा" EDUCATION

Image