बिरुवागुठी गाउ पंचायतका प्रथम प्रधान पंच 🌿 स्व. श्री गुजेश्वर सिंह "बाबु साहेब"🌿
🌿 स्व. श्री गुजेश्वर सिंह "बाबु साहेब" – बिरुवागुठीका प्रथम प्रधान पंच 🌿
सम्पूर्ण पर्सा जिल्लाको सबै भन्दा बढ़ी जनसंख्या भएको बिरुवागुठीको पंचायत कालिन पहिलो निर्वाचन वि.सं. 2019 मा मा हुदा प्रथम निर्वाचित प्रधान पंच बन्नु भएका मेरा हजुरबुवा, स्वर्गीय श्री गुजेश्वर सिंह, हाम्रो क्षेत्रको इतिहासमा निष्ठा, दूरदृष्टि र जनसेवाको अमिट छायाँ हुनुहुन्छ।
🕊️ हाम्रो समाज प्रति उहाको योगदान दुई कार्यकालको प्रधान पंचको रूपमा मात्र सिमित थिएन...
🌍उ समयमा अहिलेको जस्तो अस्पताल, डाक्टर, नर्सहरु भेट्न त्यति सजिलो थिएन
मानिसलाई मानसिक रोग र भुतप्रेतमा बढ़ी बिश्वास हुदा उहाँले हजारौं बिरामीलाई "दैविक उपचार पद्धति" मार्फत सहारा दिनुभयो।
💥तर जब हैजा,मलेरिया जस्ता महामारी र शारीरिक एवं कीटाणु जन्य रोगहरु फैलिए...
त्यस क्रममा उहाको योगदान हाम्रो समाजका लागी अतुलनीय छ।
उहाँले समयको माग बुझ्नुभयो —
👉 पहिलो महामारीको रूपमा कीटाणु जन्य झाड़ापखला फैलिदा उहाँ आफ्नो सानो भाई "श्री बलिराम सिंह ज्यू" सहित भारत पुगेर दुई भाईले अलग अलग बिद्या होम्योपैथी र आधुनिक चिकित्सा बारे अध्यन गरी ज्ञान हासिल गर्नु भयो।
👉आफ्नो गाउँसमाजमा फर्केर सयौं गरीब, असहाय जो अस्पताल गईं औसधीउपचार गर्न असक्षम थिए तिनलाई आफ्नो अध्यन र अनुभवले औषधीय उपचारमार्फत जीवनदान दिनुभयो ।
🥶जब कीटाणु जन्य झाड़ापखला र मलेरियाको महामारीले पुरा गाउ सखाप भएको सुनिन्थो...
जब यि रोग र रोगीहरु देखेर कोरोना काल जस्तै डाक्टरहरु पनि डराउथे...
त्यों बेला उहा हरेक दिन झोलामा औसधीउपचार का सामान एवं उपकरण बोकी आफ्नो अत्यंत प्यारो घोड़ामा सवार भइ सेवा उपचार गर्न पर्सा,बारा र इंडियाको बिहार राज्य सम्म पुग्नु हुन्थ्यो।
🌄 रात बिरात, दुख सुख, रोग महामारी — जुनसुकै बेला निस्वार्थ जनताको सेवा गर्न सधैं तत्पर यो व्यक्तित्वले हाम्रो मनमा गहिरो स्थान बनाएकोछ।
यही कारण हो हाम्रो मन मस्तिष्कमा आज पनि जन-सेवा र सामाजिक दायित्वको बोध जीवंत रहेकोछ ।
🙏 आज हामी उहाँलाई स्मरण गर्दै गर्वका साथ भन्छौं —
"हाम्रो क्षेत्रले एक असल जननेता मात्र होइन, एक संवेदनशील मानवता सेवक जन्माएको थियो।"
बिरुवागुठी गाउ पंचायतको नेतृत्वको इतिहास
📜 पंचायत कालको नेतृत्व इतिहास:
1️⃣ श्री गुजेश्वर सिंह
2️⃣ श्री बिसनाथ चौधरी
3️⃣ श्री गुजेश्वर सिंह
4️⃣ श्री शिवशंकर महतो (आमो देवी गाउ पंचायत)
5️⃣ श्री सुभाष महतो
6️⃣ श्री चन्द्रिका साह
🗳️ बिरुवागुठी गा. वि. स. (बहुदलिय काल पछि):
1️⃣ श्री सत्य नारायण दास थारू
2️⃣ श्री गोकर्ण पाठक




Comments
Post a Comment