स्व. श्री बिश्वनाथ चौधरी :बिरुवागुठी इतिहासको दोश्रो प्रधान पंच [60बर्ष पुरानो चुनावको तस्वीर सहित]
✍️पंचायत कालिन बिरुवागुठीको दोश्रो प्रधान पंचको प्रेरणादायक इतिहास ✍️
पर्सागढीको गौरवशाली इतिहासमा, **स्व. श्री विश्वनाथ चौधरी** एक अमिट नाम हो। पंचायत कालको दोस्रो निर्वाचनमा जनताले निर्वाचित गरेका प्रधान पंचको रूपमा उहाँले आफ्नो ईमानदार, निस्वार्थ र समर्पित नेतृत्वद्वारा गाउँ समाजको हितमा योगदान दिनुभयो।
आजको पुस्ताले बुझ्न आवश्यक छ — *नेतृत्व भनेको पदको लोभ होइन, जनताको भरोसा, त्याग र सेवा हो।*
🙏 **स्व. श्री विश्वनाथ चौधरीलाई श्रद्धाञ्जली**
🌾 पर्सागढीको माटोमा जन्मिएका, पर्सागढीको लागि नै जीवन अर्पण गर्ने एक सच्चा जन–नेता।
बिरुवागुठी गाउ पंचायतको नेतृत्वको इतिहास
📜 पंचायत कालको नेतृत्व इतिहास:
1️⃣ श्री गुजेश्वर सिंह
2️⃣ श्री बिश्वनाथ चौधरी
3️⃣ श्री गुजेश्वर सिंह
4️⃣ श्री शिवशंकर महतो (आमो देवी गाउ पंचायत)
5️⃣ श्री सुभाष महतो
6️⃣ श्री चन्द्रिका साह
🗳️ बिरुवागुठी गा. वि. स. (बहुदलिय काल पछि):
1️⃣ श्री सत्य नारायण दास थारू
2️⃣ श्री गोकर्ण पाठक
🙏हाम्रो अहिले सम्मको खोज, उपलब्ध दश्तावेज र बृद्ध अभिभावकहरु संगको परामर्श अनुसार माथिको प्रारंभिक नेतृत्व इतिहास तैयार गरेका छौ। तपाईको जानकारी अनुसार माथिको विवरणमा केहि सच्याउनु पर्ने देख्नु भएकोछ भने कृपया मैसेज गर्नु होला।
"ऐतिहासिक पर्सागढ़ीको गौरवशाली इतिहास"🇳🇵🇳🇵🇳🇵









Comments
Post a Comment