बर्वाटाड़ीको परम्परागत " कंश वध मेला " [ 58 बर्ष पुरानो मेलाको तस्वीर सहित ]
✨ ऐतिहासिक पर्सागढीको गौरवशाली इतिहास✨
तस्वीर:कुश्ती प्रतियोगितातस्वीर:झंडा मेला 1967AD बिरुवागुठी,बर्वाछोटैली
पर्सागढीको माटोमा निहित इतिहास केवल युद्ध र विजयमा मात्र सीमित छैन, यहाँको संस्कृति र मेलापर्व पनि उतिकै जीवन्त र प्रेरणादायी छन्।
🕉️ बिरुवागुठीको परम्परागत मेला
हाल पर्सागढ़ी नगरपालिका 04,बर्वाटाड़ीमा आयोजित हुँदै आएको मेलालाई सुरुवाती दिनमा यसलाई “झण्डा मेला” भनिन्थ्यो। यस मेलाले छिमेकी गाउँसमाजलाई एउटै धागोमा बाँध्ने काम गथ्र्यो। सबै गाउ पंचायतको छुट्टै समूह, आफ्नै शैली, आफ्नै रौनक सबैले सामाजिक सद्भाव र एकताको सुन्दर प्रतीकको रूपमा सहभागी हुन आउथे।
तस्वीर:Nepal peace corps Volunteer
🎭 मेलामा कुस्तीका प्रतियोगिता, लाठीको भिडन्त, जनावरको प्रदर्शन, रमाइला खेलकूद, खानपानका परिकार यी सबैले गाउँलाई जीवन्त रंगमञ्चमा बदलिदिन्थे।
तस्वीर:झंडा मेला 1967AD बिरुवागुठी,बर्वाछोटैली
🕊️ पछि गाउँ समाजको सल्लाहमा धर्म र संस्कृतिको संरक्षण–विकासका लागि यस मेलालाई नयाँ आयाम दिइयो। भगवान् श्रीकृष्णले कंसको वध गरेको दिनलाई सम्झेर यसलाई “कंस वध मेला” नाम दिइयो, जुन असत्य माथि सत्यको जीतको रूपमा आजसम्म निरन्तर चलिरहेको छ।
तस्वीर:मेलाको दृश्यहरु
झंडा मेला 1967AD बिरुवागुठी,बर्वाछोटैली
📸 सन् १९६७–६८ तिर अमेरिका (United States) का Bob Nichols नेपाल शान्ति कोर्प्सका स्वयंसेवकको रूपमा बिरुवागुठीमा बस्दा उनले यहाँका मेला–पर्व, संस्कृति र समाजका अनगिन्ती दृश्यलाई क्यामेरामा कैद गरे। ती तस्बिरहरूले आज हाम्रो इतिहासलाई अझ जीवन्त बनाइदिएका छन्।
तस्वीर: Bob Nichols हाती अगाडि उभीएको
झंडा मेला 1967AD बिरुवागुठी,बर्वाछोटैली
🌸 संदेश 🌸
इतिहास केवल पुस्तकमै होइन, हाम्रो संस्कृति, हाम्रो मेलापर्व र हाम्रो एकतामा बाँचिरहेको छ।
बिरुवागुठीको “कंस वध मेला” हाम्रो पहिचान, हाम्रो गौरव र हाम्रो भविष्यलाई जोड्ने सुत्र हो।








Comments
Post a Comment