राजनीतीमा युवाको संघर्ष



"मलाई राजनीती संग केही मतलव छैन "


यस्तो सोच भएका लाई मेरा केही प्रश्नहरू छन्ः


के समाज न्यायपूर्ण छ?

 तपाईंका आत्मीय मान्छे मध्ये कतिजना अस्पतालमा मृत्युको मुखमा पुगेका बालबालिकाका लागि समयमै अक्सिजन सिलिन्डर उपलब्ध गराएकोमा जेलमा जाकिएका छन्? तपाईंका नजिकका कति मान्छेहरू सबैखाले अधिकारबाट बञ्चितहरूका लागि आवाज उठाएकोमा नजरबन्दमा छन्? तपाईले माया गर्ने व्यक्तिमध्ये कतिजना कुनै दंगा वा फर्जी मुठभेडमा मरेका छन्? तपाईं मध्ये कतिजना मानिस कुनै निश्चित जाति वा धर्मका भएकै कारणले आफ्नो एकता लुटिने डरमा बाँच्नुपरेको छ? तपाईं मध्ये कतिजनाको मानवअधिकार उल्लंघन भएको छ? तपाईं मध्ये कतिजना एकदिनका लागि इन्टरनेटबिना बस्नुपरेको छ? कोही पनि छैन?

राजनीतिमा चासो राख्दिनँ भन्नेहरू आफूँ ‘न्यायपूर्ण’ समाजमा रहेको दाबी गर्छन्। उनीहरू आफूलाई सचेत ठान्छन् र आफूबाट कुनै विभेद नभएको तर्क गर्छन्। जात, धर्म र नश्लका बारेमा आफूलाई कुनै चासो नभएको र यी आधारमा कसैलाई विभेद नगरेको दाबी गर्छन्। राजनीतिमा चासो नराख्ने केही युवाले सामाजिक सञ्जालमा सामान्य तर्क दिन्छन्ः ‘म आफू माथिल्लो जातको व्यक्ति भएको कुरामा कहिल्यै घमण्ड गर्दिनँ। मैले मेरा साथीहरू कुन धर्म र जातका हुन भन्ने कुरामा कहिले ध्यान दिइनँ। म मानिसहरूलाई उनीहरूको लिंग, जात र वर्गको आधारमा होच्याउँदिन, त्यसैले यहाँ विभेद छ भनेर तपाईं कसरी भन्नुहुन्छ?’

उनीहरू भन्छन्, ‘निश्चित रुपमा हाम्रो इतिहासमा विभेद थियो, तर आज सब ठिकठाक भइसकेको छ।’ समाजमा सबै ‘ठिकठाक’ देख्नेहरूलाई नै संवैधानिक आरक्षणको व्यवस्था मनपर्दैन। उनीहरू समुदायको तल्लो तहमा रहेका र विभिन्न अधिकारबाट बञ्चितहरूका लागि व्यवस्था गरिएको आरक्षणले समाजलाई झनै विखण्डनतिर लगेको र यसले विभेद बढाएको सतही तर्क गर्छन्।


को जवाफदेही छ?
राजनीतिमा चासो नराख्ने, यसलाई ‘फोहोरी खेल’ देख्ने र समाजमा सबै ‘ठिकठाक’ देख्नेहरू अधिकांश विशेषाधिकार प्राप्त व्यक्ति हुन्छन्। त्यस्ता व्यक्तिले समुदायको पिँधमा रहेर बाँच्नु, सबै अधिकारबाट बञ्चित हुनु र उपेक्षित हुनुको अर्थ बुझेका हुँदैनन्। कुनै व्यक्तिलाई निश्चित जात वा धर्ममा जन्मिएकै कारण उसलाई दुःख दिँदा उसमा पर्ने असरका बारेमा विशेषाधिकार प्राप्त व्यक्ति अनविज्ञ हुन्छ। विशेषाधिकार प्राप्त व्यक्तिहरूले पछाडि पारिएकाहरूमाथि हुने भेदभावको अर्थ बुझ्न उनीहरूकै ठाउँमा बसेर सोच्नुपर्ने हुन्छ।
समाजमा विद्यमान सबै विभेदका लागि हामी सबै जवाफदेही छौँ। हजारौं वर्षदेखिको दलनका लागि पुर्खालाई मात्रै दोष दिएर पन्छिन पाइँदैन। समाजलाई सुधार गर्नका लागि र विभेदरहित बनाउनका लागि आज हामीले कुनै कदम चालेनौं भने परिवर्तनको अपेक्षा गर्न सकिँदैन।

 हामीले कुनै सरकारी कार्यालयमा आफ्नो काम छिटो गराउनका लागि घुस दिएका छैनौँ? भ्रष्टाचार व्यक्तिको तहबाटै सुरु हुन्छ। हामी राजनीति र प्रणालीलाई भ्रष्ट भन्छौँ, तर हामी आफूलाई जति सोच्छौं, त्यति स्वच्छ छैनौँ। एउटा भनाई छ, ‘विश्व परिवर्तन गर्नु छ भने पहिला आफैं परिवर्तन होऊ।’ यस भनाईलाई हामीले आफैंमा कत्तिको लागु गरेका छौ?


सुरुवात आफैबाट गरौं
हामीमध्ये धेरैजना हाम्रो वरिपरि हुने नश्लवाद, लिङ्गवाद र जातिवाद गलत भएको कुरा थाहा हुँदाहुँदै पनि यसलाई सम्बोधन गर्ने हिम्मत गर्दैनौं। यी सबैको विरुद्ध उभिन सजिलो पनि छैन। हामीमध्ये कतिजना यी विषयहरूमाथि छलफल गर्छौ? म मेरो कार्यालयमा केही सहकर्मीहरूबीचका कुरा सुनिरहेको हुन्छु। उनीहरूका कुरा धेरैजसो लिङ्गभेदी, जातिवादी, नश्लवादी र अरु कुनै त्यस्तै ‘वादी’ हुने गर्छन्। अझ विडम्बनापूर्ण कुरा के छ भने कतिपय शिक्षित महिलाहरू पनि लिङ्गवादका विषयमा बेखवर छन्।

राजनीतिक हुनु र तथ्यलाई बुझ्नु ‘केकको एउटा पिस’ लिए जस्तो होइन, जुन कुनै मूल्यमा सहजै पाइन्छ। यदि तपाईं आफ्नो वरिपरि भएका उपेक्षित व्यक्तिहरूमाथि भइरहेको अन्यायलाई बुझ्नुहुन्छ भने यसले तपाईंलाई निदाउन दिँदैन।

यद्यपि, तपाईं उपेक्षित वर्ग र समुदायलाई माथि उठाउनका लागि तपाईंको विशेषाधिकारलाई प्रयोग गर्न सक्नुहुन्छ। अथवा, कसैलाई जागृत बनाउन वा तिनलाई शिक्षा दिनका लागि पनि तपाईं आफ्नो विशेषाधिकारलाई प्रयोग गर्न सक्नुहुन्छ। कुनैपनि व्यक्ति आफ्नो इच्छाले विशेषधिकार प्राप्त वा अधिकारबाट बञ्चित भएको होइन। तर मानिसले यस समाजमा सरोकार राख्ने र कुनै अर्थ राख्ने काम भने गर्न सक्छ।

धुव्रिकरणको आजको युगमा हामी ‘गैरराजनीतिक’ हुनुको जोखिम उठाउन सक्दैनौं। किनकि हामी सबैले एक अर्काको न्यायको पक्षमा बोल्नुपर्छ। हामीले मानवता र स्वतन्त्रताविरुद्ध उभिएकाहरूलाई पराजित गर्नुछ। त्यसैले हामीलाई एकीकृत र मजबुद हुनुछ

Comments

Post a Comment

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।