गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"

 



साझको चिया गफबाट सुरु भएको योजना आज येति सम्म प्रभावकारी हुन सक्छ, पछाड़ी फर्केर हेर्दा विस्वास लाग्दैन।



Covid19 को समय देखि सबै सुरक्षा मापदंड पूरा गरी कक्षा संचालन गर्दा पनि बिधार्थी आउने नआउने कुरामा हामी अन्योंलमा थीयौ, त्यसैले बिधार्थीलाई आकर्षित गर्न  सुरुमा निशुल्क पाठ्यपुस्तक र कलम बितरण गरी अभियान सुरु गर्ने निधो गऱ्यौ।



तर बिधार्थी र अभिभावकको हामी प्रतिको बिस्वास र शिक्षा प्रतिको झुकाव देख्दा अबिस्वासनीय थियो। दुई ठाऊबाट सुरु गरिएको "निशुल्क सामुदायिक कक्षा " मा पहिलो दिन नै 1देखि 7 कक्षाका 47 जना बिधार्थी र 8भन्दा माथिका 24 जना बिधार्थीहरुको उत्साहजनक साहभागिता रहयो। त्यास्पश्चात दैनिक बिधार्थी संख्यामा बढ़ोतरी नै हुँदै गयों, बिधार्थी संख्या र अभिभावकको सकारात्मक प्रतिक्रिया देखेर हामी सबैको मनोबल बढ़दै गयो र यसलाई अझ सुधार र प्रभावकारी बनाउने हौंसला जाग्यो।



आज फलस्वरूप हामीले अनेकौ कठिनाईका बावजूद COMPUTER, PROJECTOR, LOUDSPEAKER तथा अन्य उपकरणको ब्यवस्था गरी ब्यावस्थित ढंगले तल्लो कक्षालाई एक शिफ्ट र माथिल्लो कक्षाका बिधार्थीलाई अर्को शिफ्ट गरी LECTURE VIDEO र SLIDE को माध्यमले कक्षा सुरु भए देखि बिधार्थीहरुको संख्यामा ठूलो बढ़ोतरी भएकोछ ।



अन्तयमा धन्यवाद छ ति सबै सहयोगी हाथहरुलाई जस्ले त्यों पहिलो दिनको चिया गफ देखि आज सम्म यस अभियानमा आफ्नो महत्वपूर्ण योगदान दिदै आउनु भएकोछ!!!🙏🙏🙏


तस्बीर :बर्वाटाड़ी, पर्सागढ़ी 04, पर्सा 

Comments

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।