संघियाता पछिको शिक्षा क्षेत्र
🎤 अक्सर पाउने उत्तर –
"फलानो विद्यालयमा चार कोठे भवन शिलान्यास गरियो",
"ढलान गरियो",
" संरचनाका लागि बजेट छुट्याइयो",
"छाना फेर्न ठेक्का दिइयो",
"बाउन्ड्रीवाल बनाउँदैछौं..."
🤔 तर यथार्थ के हो?
यो 'कोठा बनाउने राजनीति' कति समयसम्म...?
📌 के कक्षा कोठा बन्नासाथ विद्यार्थीको स्तर उक्लन्छ?
📌 के भवन ठड्याउँदा मात्र शिक्षाको गुणस्तर सुधारिन्छ?
उत्तर: ठ्याक्कै होइन!
विद्यालयमा पक्की भवन त भयो, तर:
गणित अध्यापनको विधि उस्तै
विज्ञान प्रयोगशाला नाम मात्रै
कम्प्युटर ल्याबमा कम्प्युटर छैन
अंग्रेजी पढाउने शिक्षक अंग्रेजीमै कमजोर
बालमैत्री शिक्षाको नाममा "पुरानै घोके शिक्षा"
🧠 अब बुझ्नुपर्छ — “शिक्षा” भवनले होइन, “पद्धति” ले सुध्रिन्छ।
✅ यदि तपाईं साँच्चै परिवर्तनकारी नेतृत्व हो भने अब
शिक्षा सुधारका सन्दर्भमा यी कुरामा ध्यान दिनुहोस्:
🔬 १. प्रयोगात्मक शिक्षा ल्याउनुहोस्:
Math Lab, Science Lab, ICT Lab विद्यालयमा अनिवार्य होस्।
विद्यार्थीले किताब होइन, अनुभवबाट सिक्ने वातावरण बनाइयोस्।
👩🏫 २. शिक्षक क्षमता विकासमा लगानी गरियोस्:
केवल नियुक्ति होइन, निरन्तर तालिम र मूल्यांकन प्रणाली ल्याउनुहोस्।
प्रेरित शिक्षक नै परिवर्तनका वाहक हुन्छन्।
🤝 ३. सामुदायिक नि:शुल्क कक्षा (Free Community Classes):
बिहान/साँझमा वडास्तरीय नि:शुल्क ट्युसन, करियर गाइडेंस कक्षा सञ्चालन होस्।
कमजोर आर्थिक पृष्ठभूमिका विद्यार्थीको पढाइ छुट्न नदिउँ।
💻 ४. डिजिटल सामग्री र ई–लर्निंगलाई प्रोत्साहन दिइयोस्:
विद्यालयमा स्मार्ट बोर्ड र डिजिटल लाइब्रेरी होस्।
बिद्यार्थीले YouTube वा Google Classroom जस्ता माध्यमबाट सिक्न सकून्।
🔄 ५. विद्यार्थी मूल्यांकन प्रणाली परिवर्तन गरियोस्:
केवल परीक्षामा नम्बर होइन,
Project work, Critical Thinking, Presentation Skills लाई पनि जोड दिइयोस्।
❓ अब फेरी प्रश्न उठ्छ:
💥 केवल शिलान्यासको फोटो पोष्ट गर्नेलाई "शिक्षा सुधारक" भन्न मिल्छ?
💥 हजारौंको बजेट शिक्षा शीर्षकमा खर्च भएको छ,
तर विद्यालयबाट उत्पादित बिद्यार्थी किन आज पनि प्रतिस्पर्धा गर्न असक्षम छन्?
💥 नेताजी, तपाईंको फोटो त राम्रै छ —
तर त्यो कक्षा कोठामा, विद्यार्थीको बोलीमा, भविष्यमा देखिने उपलब्धि कहाँ छ?
🛑 अब भवन होइन — परिवर्तनको योजना देखाउनुहोस्।
📌 'कोठा' होइन, 'कोर्स र क्लास' सुधार्नुहोस्।
📌 'बजेट' होइन, 'बिद्यार्थीको भविष्य' मा ध्यान दिनुहोस्।
✊ हामी माग गर्छौं:
“बजेट देखाउने होइन, बिद्यार्थीको स्तर उकास्ने योजना सार्वजनिक गर!”
“Facebook मा फोटो होइन, विद्यालयमा नतिजा देखाउ!










Comments
Post a Comment