ऐतिहासिक पर्सागढ़ीको गौरवशाली इतिहास :आजको प्रेरणादायक कथा स्व. कबीकांत दास मुखियाजीको कथा
📜 "ऐतिहासिक पर्सागढीको गौरवशाली इतिहास" - आजको प्रेरणादायी कथा हरपुर गाउ पंचायतबाट
✍️ स्व. श्री कविकांत दास मुखियाजी को जीवनबाट जनसेवाको पाठ
🏛️ पंचायत कालदेखि बहुदलीय प्रजातंत्रसम्म...
स्व. श्री कविकांत दास मुखियाजी — एक यस्तो नाम,
जो एक होइन, दुई होइन तिनतिन पटक जन निर्वाचित भई एक पटक हरपुर गाउ पंचायत मार्फ़त र दुई पटक हरपुर गा. वि. स. मार्फ़त जन सेवा गर्नु भयो।
🔷 नेतृत्वको कालक्रम:
🗳️ वि.सं. 2034: पहिलोपटक हरपुर गा.पं.बाट "प्रधान पंच" मा जननिर्वाचित।
❌ वि.सं. 2043: सानो मतान्तरले पराजय — तर जनसेवाको भावना कमजोर भएन।
🗳️ वि.सं. 2048 र 2054 : बहुदल प्रणाली पश्चात पनि लगातार दुईपटक "गा.वि.स. अध्यक्ष" मा विजयी।
📝हाम्रो अहिले सम्मको खोज र गाउसमाजका बृद्ध अभिभावकहरु संगको परामर्श अनुसार
पंचायत कालिन हरपुर गाउ पंचायत "प्रधान पंच":
(1) श्री बालकिशुन चौधरी ( सुरुको तिन कार्यकाल)
(2)श्री कविकांत दास (त्यस पछिको एक कार्यकाल)
(3)श्री रामचन्द्र साह (त्यस पछिको एक कार्यकाल)
📝हामी अहिले पनि पर्सागढ़ी सम्बन्धी पुरानो तथ्य र दस्तावेज संकलनको क्रममा छौ (तपाईको जानकारी अनुसार माथिको विवरणमा केहि साच्याउनु पर्ने देखिए कृपया तलको नम्बरमा जानकारी गराउनु होला Exact dates are still unknown)
यदि तपाईंको जानकारीमा यस्ता प्रेरणादायी इतिहास छन् भने,
साझा गरौं।
गौरव गरौं।
🇳🇵“ऐतिहासिक पर्सागढी को गौरवशाली इतिहास" 🇳🇵

Comments
Post a Comment