निशुल्क प्राथमिक उपचार तालीम एवं VITAL CENTER को स्थापना



Case 1:

"डाक्टर साहेब 4 दिन से बोखार बा टूटते नइखे "

केतना बोखार रहता ?

"चेक त नइखी कइले कबो लेकिन बहुत बोखार बा"

कैसे पत्ता चलल की बोखार बा ?

त्यस पछि सबैको फरक फरक जवाफ जस्तै :

शरीर गरम रहता,शरीर दुखा ता, मुड़ी दुखा ता, आग फेकता शरीर से,चक्कर आवता, कमजोरी खानी होता, थकान रहता

ज्वरोको रोगीहरुमध्य 10 जनामा 8 संगको दैनिकको सम्बाद येस्तै किसिमको हुने गर्छ।

मेरो प्रश्नको जवाफ त धेरै सजिलो थियो तर येति घूमउरो र अधूरो किन  आयो भनेर बिचार गर्दा समस्या "थर्मामीटर" को उपलब्धता र त्यसको महत्व बारे जानकारी नभको देखियो ।


Case 2:

"डॉक्टर साहेब माथा मे बहुत दर्द रहता और चक्कर आवता"

पाहिले से कुछ दवा खानी ?

त्यसपछि फेरी फरक फरक जवाफ जस्तै :

ब्लड प्रेशर के खानी, ब्लड प्रेशर के खानी लेकिन छोड़ देले बानी, ब्लड प्रेशर कम रहेला, ब्लड प्रेशर बेसी रहेला 

दैनिकको 5जना ब्लड प्रेशर का 5रोगीहरु मध्य 4संग येस्तै सम्बाद हुने गर्छ।

ब्लड प्रेशरको रोग Hypertension पत्ता लगाउनु, औसधी सुरु गर्नु, औसधी बदलिनु वा औसधी रोकनु... यी सबै प्रक्रियामा दैनिक रूपमा ब्लड प्रेशरको जांच गर्नु अनिवार्य नियम हो तर फेरी कुरा उपलब्धता र महत्व मै आएर रोकिंछ।


"गाऊ हो मशीन उपलब्ध छैन / जाच्ने ब्यक्ति छैन।"


समस्या ठूलो तर समाधान धेरै नै सानो थियो,

त्यसैले नगरस्तरीय बिधार्थीहरुका लागी "निशुल्क प्राथमिक उपचार तालीम" को निर्णय गरियो र तालीममा इच्छुक र सर्वश्रेठ सहभागीलाई आफ्नो गाऊको सेवाका लागी थर्मामीटर, ब्लड प्रेशर मशीन, ऑक्सीजन मशीन पुरस्कृत गरी कमतीमा एक गाऊमा एक VITAL CENTER खोलने निर्णय गऱयौ ।





Comments

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"