✍️पंचायत कालिन बिरुवागुठीको दोश्रो प्रधान पंचको प्रेरणादायक इतिहास ✍️ पर्सागढीको गौरवशाली इतिहासमा, **स्व. श्री विश्वनाथ चौधरी** एक अमिट नाम हो। पंचायत कालको दोस्रो निर्वाचनमा जनताले निर्वाचित गरेका प्रधान पंचको रूपमा उहाँले आफ्नो ईमानदार, निस्वार्थ र समर्पित नेतृत्वद्वारा गाउँ समाजको हितमा योगदान दिनुभयो। आजको पुस्ताले बुझ्न आवश्यक छ — *नेतृत्व भनेको पदको लोभ होइन, जनताको भरोसा, त्याग र सेवा हो।* 🙏 **स्व. श्री विश्वनाथ चौधरीलाई श्रद्धाञ्जली** 🌾 पर्सागढीको माटोमा जन्मिएका, पर्सागढीको लागि नै जीवन अर्पण गर्ने एक सच्चा जन–नेता। बिरुवागुठी गाउ पंचायतको नेतृत्वको इतिहास 📜 पंचायत कालको नेतृत्व इतिहास: 1️⃣ श्री गुजेश्वर सिंह 2️⃣ श्री बिश्वनाथ चौधरी 3️⃣ श्री गुजेश्वर सिंह 4️⃣ श्री शिवशंकर महतो (आमो देवी गाउ पंचायत) 5️⃣ श्री सुभाष महतो 6️⃣ श्री चन्द्रिका साह 🗳️ बिरुवागुठी गा. वि. स. (बहुदलिय काल पछि): 1️⃣ श्री सत्य नारायण दास थारू 2️⃣ श्री गोकर्ण पाठक 🙏हाम्रो अहिले सम्मको खोज, उपलब्ध दश्तावेज र बृद्ध अभिभावकहरु संगको परामर्श अनुसार माथिको प्रारंभिक नेतृत्व इतिहास तैयार गरेका छौ। तपाईको जा...
📢 मेरो प्रश्न – तपाईं मेयर साब/वडा अध्यक्ष ज्यू, शिक्षा क्षेत्रमा के गर्नुभयो? 🎤 अक्सर पाउने उत्तर – "फलानो विद्यालयमा चार कोठे भवन शिलान्यास गरियो", "ढलान गरियो", " संरचनाका लागि बजेट छुट्याइयो", "छाना फेर्न ठेक्का दिइयो", "बाउन्ड्रीवाल बनाउँदैछौं..." 🤔 तर यथार्थ के हो? यो 'कोठा बनाउने राजनीति' कति समयसम्म...? 📌 के कक्षा कोठा बन्नासाथ विद्यार्थीको स्तर उक्लन्छ? 📌 के भवन ठड्याउँदा मात्र शिक्षाको गुणस्तर सुधारिन्छ? उत्तर: ठ्याक्कै होइन! विद्यालयमा पक्की भवन त भयो, तर: गणित अध्यापनको विधि उस्तै विज्ञान प्रयोगशाला नाम मात्रै कम्प्युटर ल्याबमा कम्प्युटर छैन अंग्रेजी पढाउने शिक्षक अंग्रेजीमै कमजोर बालमैत्री शिक्षाको नाममा "पुरानै घोके शिक्षा" 🧠 अब बुझ्नुपर्छ — “शिक्षा” भवनले होइन, “पद्धति” ले सुध्रिन्छ। ✅ यदि तपाईं साँच्चै परिवर्तनकारी नेतृत्व हो भने अब शिक्षा सुधारका सन्दर्भमा यी कुरामा ध्यान दिनुहोस्: 🔬 १. प्रयोगात्मक शिक्षा ल्याउनुहोस्: Math Lab, Science Lab, ICT Lab विद्यालयमा अनिवार्य होस्। विद्यार्थीले किताब हो...
" हामी जहाँ उभिएका छौं, त्यो जमिन केवल माटो होइन — त्यो हाम्रा पुर्खाहरूको पसिना, संघर्ष र सपना बोकेको इतिहास हो।" विगत, वर्तमान र भविष्यलाई जोड्ने अमूल्य सेतु हो — इतिहास। पर्सा जिल्लाको हरपुर गाउं र पर्सागढी क्षेत्रको गौरवशाली विगत आज केवल स्मृतिका टुक्रा जस्ता लाग्न सक्छन्, तर ती टुक्रा नै हाम्रो सामूहिक पहिचान, चेतना र अस्तित्वको मेरुदण्ड हुन्। 👑 पंचायत कालको नेतृत्व: 1️⃣ श्री बालकिशुन चौधरी — तीन कार्यकालसम्म लगातार नेतृत्व गर्दै स्थायित्व र सेवाको गहिरो आधार राख्नुभयो। 2️⃣ श्री कविकांत दास — चौथो कार्यकालमा सशक्त नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। 3️⃣ श्री राम चन्द्र साह — पाँचौं कार्यकालमा विजयी भइ, गाउँको समर्पित नेतृत्व गर्दै आजसम्म जीवित इतिहास बन्नुभएको छ। 🗳️ बहुदलीय व्यवस्था पश्चात् हरपुर गाउं पंचायत → हरपुर गा.वि.स. मा रूपान्तरण भयो। 👥 गा.वि.स. अध्यक्षहरू: [1] श्री कविकांत दास — पुनः २ कार्यकालसम्म अध्यक्ष भइ पुनर्निर्माण र समृद्धिको सूत्रपात गर्नुभयो। [2] श्री राम बढ़ई यादव — जनआन्दोलनको कठिन समयमै नेतृत्व सम्हाल्दै जनताप्रति प्रतिबद्धता देखाउनुभयो। यी नामह...
Comments
Post a Comment