समयमा उपचार एवं परामर्श सुरु गरिएको सबै covid 19 रोगीहरु रोग मुक्त:-Healthy Nepal


 "डाक्टर साहेब बोखार त ख़तम हो गइल ले किन खोकी ख़तम होखे  नाम नइखे लेत , का  करे परी ?"

"मुड़ी दुखाएके, शरीर मे दर्द रहेके, दम फुलेके, छाती मे भारिपन या छाती मे दर्द होखेके समस्या त नइखे ?"

"ना अइसन त नइखे लेकिन खोकी नइखे ख़तम होत "

"खाली खोकी भइल Post covid effect होखे के संभावना प्रवल बा... हम एगो anti allergic दवा सुरु करें के सल्लाह देम लेकिन एगो खून के जाँचमे CRP  और छाती के x ray कर के देखे परी "

"होइ डाक्टर साहेब हम जांच कर के देखावतानी "




हाम्रो 24HOUR FREE TELEMEDICAL CONSULTATION(24 घंटे निशुल्क चिकित्सकीय परामर्श सेवा )

आज 1 महीना पुग्यो, प्रदेश न.2 मा नया रोगी संक्रमित संख्या घटेपनी दैनिक फोन परामर्श लिनेको संख्या भने घटेको छैन। यसको कारण बारे बिचार गर्दा पहिलो त POST COVID ILLNESS मा देखिने दर्जनौ किसिमको लक्षणहरु र COVID 19 रोगले हरेक मानिसलाई स्वास्थ्य जगरूक बनाएको कुरो अनुभूति हुन्छ।


अवस्य पनि नया संक्रमितको परामर्शका लागी फोनमा कमी आएकोछ तर पूर्ण रूपमा सकिएको छैन। हामीले ग्रामीण भेगलाई लक्षित गरी सुरु गरेको यों अभियानमा सेवा लिनु भएकाहरुले कोरोनाको जाँचमा प्रयोग गरिने RT PCR वा RAPID ANTIGEN TEST नगरेको ब्यक्तिहरुको संख्या अत्यधिक छ र हामीले पनि समय/परिस्थिति/स्वास्थ्य सेवाको उपलब्धता लाई ध्यानमा रखी PCR भन्दा बढ़ी CHEST X RAY र रगतको जांचमा CBC र CRP गर्न बड़ी आग्रह गरेकाछौ, त्यों अनुरूप रोगीलाई MILD, MODERATE एवं SEVER मा बिभाजन गरी त्यस अनुरूप उपचार गर्ने ठाऊ र पधत्ती बारे निर्णय गरयौ।


यस क्रममा हामीले सम्पूर्ण परिवारको उपचार पश्चात (सबै लक्षण साकिये पछि ) परिवारको कुनै एक वा दुई जना सदस्य CONTACT TRACING मा परेर PCR जाँच गर्दा पॉजिटिव आएको घटना धेरै चोटी भेटयौ ।



यों अभियानको क्रममा सब भन्दा बढी सेवाग्राहीहरु संख्या :-

पहिलो :-पार्सागढ़ी नगरपालिका

दोस्रो :-बोड़े बरसाइन नगरपालिका

तेसरो :-पोखरिया नगरपालिका

चौथो :-सिरहा नगरपालिका

केहि दिन भित्र हामी सम्पूर्ण विवरण तयार गरी घोषणा गर्ने छौ।


"रोग र रोगीमा अवश्य पनि कमी आएकोछ तर खतरा अहिले पनि हावा मै छ, स्वास्थ्य सुरक्षामा कुनै कमी नगर्नु होला नाक मुख छोपीने गरी मास्कको प्रयोग गरौ र समय समयमा हाथ धुनें बानी बसाऔ ।"



Comments

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"