कोरोना वायरसको ज्वरोलाई अरु ज्वरोबाट कसरी छुट्याउने ?


 कोरोनाको दोस्रो लहरले नेपालमा पनि बिक्राल रूप लिदै गएको छ। अस्पतालमा करीब 90% रोगी ज्वरो/रुघा/खोकी/टाउको र जीव दुखेको समस्या लिएर आउदै छन।

 नर्स सिस्टरहरुले नार्मल प्रसूति जांच गर्दा पनि अधिकांशको तापक्रम उच्च रहेको भेटिदैछन।

आजकल ईस्टमित्र/छरछिमेकी को फोन पनि बढेको छ र प्राय धेरै जसो फोनहरुमा यही ज्वरो/रुघा/खोकी/सांस सम्बन्धी समस्या बारे कुरा हुने गर्छ।एस्तो कठिन घड़ीमा हाम्रो  स्वास्थ्य सेवा collapse हुनु दुर्भाग्यको कुरा हो।

COVID 19 संग मिल्दो लक्षण छ तर केहि कारण बस RT-PCR गर्न सक्नु भए छैन भने तलको बिधिबाट तपाईको रोग कोरोना वायरसले हो की होइन छूत्याउन सक्नु हुन्छ।

प्राय कोरोना वायरसले हुने COVID19 रोगमा मात्रै देखिने बिशेषताहरु:

1.स्वाद र सुगंधको अनुभूति नहुनु

2. छ मिनट को हिड़ाई पछि ऑक्सीजनको मात्रामा 4% भन्दा बढ़ीको गिरावट

3.हिड़ाई/दौडाइ/मेहनत पछि ज्वरो आउनु

4. ज्वरो/खोकी को रोगीमा रगतको जांचमा CRP र D-DIMER बढ़णु

5. रगतको जांचमा TLC र Platelets मा कमी तर Neutrophils बढ़ी देखिये र रोगीमा covid को लक्षण भए

नोट :-कोरोना वायरसलाई पत्ता लगाउने सब भन्दा विस्वासिलो उपाय RT-PCR नै हो।

Ref:Dr. K K Aggrawal (Padma shree awardee, cardiologist, India)


Comments

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"