24 घंटे निशुल्क चिकित्सक सेवा तथा परामर्श -HEALTHY NEPAL(PARSA)

 


कोरोनाको दोस्रो लहरमा वायरसले आफ्नो स्वरुप बदली पाहिलेको भन्दा बढ़ी घातक र छिट्टो सर्न सक्छ, त्यसैले सामान्य स्वास्थ्य समस्याका लागी निशुल्क चिकित्सक  परामर्श सेवा।


यो कठिन अवस्थालाई ध्यानमा राखि  HEALTHY NEPAL र DENTAL ASSOCIATION OF NEPAL को सहकार्यमा  बैसाख 20,2078 देखि 24 घंटा निशुल्क चकित्सक(मेडिकल अधिकृतको)द्वारा परामर्श सेवा सुरु भएको छ ।

स्वास्थ्य सम्बन्धी कुनै समस्या बारे चिकित्सक परामर्श चाहिए निर्धक्क भएर माथिको फोन नंबरमा सम्पर्क गर्न सक्नु हुन्छ।

Covid19 पॉजिटिव देखिएकाले एक पटक फोन गरी आफ्नो सम्पर्क नंबर रेजीस्टर गराउनु, हामी आफै सम्पर्क गरी दैनिक चिकित्सकद्वारा परामर्श गराउने छौ।


कोरोना संक्रमितका लागी थप जानकारी।

कोरोना संक्रमित हुदा सुरु मै हामी सबैले तल दिएको माध्यमबाट आफु कुन समूहमा पर्छु भनेर बर्गीकरण त्यस अनुरूप उपचार पद्धति अपनाउनु होला ।(Ref:Dr. K K Agrawal, India)

MILD ILLNESS (सामान्य खालको रोग )

1. स्वाद वा सुगंध महसूस नहुने

2. बच्चा जसको उमेर 12 बर्ष भन्दा कम छ र ज्वरो 100.4 भन्दा कम छ

3. CRP<10

4. D-DIMER को जाँच नार्मल छ

5. CT मा PNEUMONIA छैन

6. ज्वरो 100.4 भन्दा कम रहे

7. सांस फेर्न कुनै समस्या नदेखिये (SPO2 नार्मल )

8. छ मिनटको WALK TEST पछि पनि ऑक्सीजनको मात्रा कम नभये 


MODERATE TO SEVER ILLNESS

1. पुरानो रोग भए जस्तै ब्लड प्रेशर, शुगर, अस्थमा, कैंसर, दम

2. लगातार ज्वरो >101

3. CRP>10

4. D-DIMER >0.5mcg/ml

5. CT scan मा pneumonia देखिए

6. छ मीटर हिडेर यदि ऑक्सीजन को मात्र 4%भन्दा बढ़ी तल झरे

7. सांस फेर्न गर्हो भए (low SPO2 <93%)

8. बच्चामा दोस्रो पटक संक्रमण देखिए

9. सांस फेर्ने दर >30/मिनट भए


माथिको माध्यमबाट आफ्नो रोगको बर्गीकरण गरी अवस्था अनुरूप MODERATE TO SEVER मा पर्ने रोगीलाई समयमा चिकित्सकको सल्लाह अनुसार STEROID र BLOOD THINNER औषधि चलाउन आवश्यक हुन्छ तर यो दुई औषधि चलाउन अगाडि चिकित्सकले अनेक थरिको जाँच गर्न आवश्यक हुन्छ त्यसैले चिकित्सक संग परामर्श गरी मात्र सेवन गर्नु होला।




Comments

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"