आजबाट "24 घंटा निशुल्क चिकित्सकीय परामर्श सेवा" HEALTHY NEPAL

 


 कोरोनाको दोस्रो लहरले नेपालमा पनि बिक्राल रूप लिदै गएको छ। अस्पतालमा करीब 90% रोगी ज्वरो/रुघा/खोकी/टाउको र जीव दुखेको समस्या लिएर आउदै छन।

 नर्स सिस्टरहरुले नार्मल प्रसूति जांच गर्दा पनि अधिकांशको तापक्रम उच्च रहेको भेटिदैछन।

आजकल ईस्टमित्र/छरछिमेकी को फोन पनि बढेको छ र प्राय धेरै जसो फोनहरुमा यही ज्वरो/रुघा/खोकी/सांस सम्बन्धी समस्या बारे कुरा हुने गर्छ।एस्तो कठिन घड़ीमा हाम्रो  स्वास्थ्य सेवा collapse हुनु दुर्भाग्यको कुरा हो।

HEALTHY NEPAL र NEPAL DENTAL STUDENT ASSOCIATION को पहल र साहकार्यमा हामीले हिजो मात्रै बैसाख 20 गते देखि 24 HOUR FREE TELEMEDICAL CLINIC(निशुल्क चिकित्साकीय परामर्श सेवा )सुरु गर्ने आह्वान गर्यौ तर एक दिन पूर्व नै हामीले 7 जना कोरोना संक्रमित र 4 जना संभावित कोरोना/अन्य को स्वास्थ्य सम्बन्धी परामर्श दियौ।अधिकांश फोनहरु पर्सा जिल्लाको ग्रामीण भेगबाट गरिएको थियो।

आजबाट आधिकारिक रूपमा हाम्रो अभियान सुरु हुँदै छ।


अहिले हाम्रो अभियानमा सम्मिलित चिकित्सकको तालिका :


1. Dr. Chandra bhushan singh (Medical officer, Bageshwari PHC)

2. Dr. Shashi bhushan singh (Medical officer,Kist hospital )

3. Dr. Suresh psd. Yadav (Medical officer, Pokhariya hospital )




COVID 19 रोगको ज्वरोमा अरु ज्वरो भन्दा के के फरक हुन्छ ?

COVID 19 संग मिल्दो लक्षण छ तर केहि कारण बस RT-PCR गर्न सक्नु भए छैन भने तलको बिधिबाट तपाईको रोग कोरोना वायरसले हो की होइन छूत्याउन सक्नु हुन्छ।

प्राय कोरोना वायरसले हुने COVID19 रोगमा मात्रै देखिने बिशेषताहरु:

1.स्वाद र सुगंधको अनुभूति नहुनु

2. छ मिनट को हिड़ाई पछि ऑक्सीजनको मात्रामा 4% भन्दा बढ़ीको गिरावट

3.हिड़ाई/दौडाइ/मेहनत पछि ज्वरो आउनु

4. ज्वरो/खोकी को रोगीमा रगतको जांचमा CRP र D-DIMER बढ़णु

5. रगतको जांचमा TLC र Platelets मा कमी तर Neutrophils बढ़ी देखिये र रोगीमा covid को लक्षण भए

नोट :-कोरोना वायरसलाई पत्ता लगाउने सब भन्दा विस्वासिलो उपाय RT-PCR नै हो।

Ref:Dr. K K Aggrawal (Padma shree awardee, cardiologist, India)


Comments

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"