ऐतिहासिक पर्सागढ़ीको गौरवशाली इतिहास :आजको प्रेरणादायक कथा स्व. कबीकांत दास मुखियाजीको कथा
📜 " ऐतिहासिक पर्सागढीको गौरवशाली इतिहास" - आजको प्रेरणादायी कथा हरपुर गाउ पंचायतबाट ✍️ स्व. श्री कविकांत दास मुखियाजी को जीवनबाट जनसेवाको पाठ 🏛️ पंचायत कालदेखि बहुदलीय प्रजातंत्रसम्म... स्व. श्री कविकांत दास मुखियाजी — एक यस्तो नाम, जो एक होइन, दुई होइन तिनतिन पटक जन निर्वाचित भई एक पटक हरपुर गाउ पंचायत मार्फ़त र दुई पटक हरपुर गा. वि. स. मार्फ़त जन सेवा गर्नु भयो। 🔷 नेतृत्वको कालक्रम: 🗳️ वि.सं. 2034: पहिलोपटक हरपुर गा.पं.बाट "प्रधान पंच" मा जननिर्वाचित। ❌ वि.सं. 2043: सानो मतान्तरले पराजय — तर जनसेवाको भावना कमजोर भएन। 🗳️ वि.सं. 2048 र 2054 : बहुदल प्रणाली पश्चात पनि लगातार दुईपटक "गा.वि.स. अध्यक्ष" मा विजयी। 📝हाम्रो अहिले सम्मको खोज र गाउसमाजका बृद्ध अभिभावकहरु संगको परामर्श अनुसार पंचायत कालिन हरपुर गाउ पंचायत "प्रधान पंच": (1) श्री बालकिशुन चौधरी ( सुरुको तिन कार्यकाल) (2)श्री कविकांत दास (त्यस पछिको एक कार्यकाल) (3)श्री रामचन्द्र साह (त्यस पछिको एक कार्यकाल) 📝हामी अहिले पनि पर्सागढ़ी सम्बन्धी पुरानो तथ्य र दस्तावेज संकलनको क्रममा छौ ...