Posts

Showing posts from July, 2023

अध्यन गर्न रूस गएका नेपाली युवाहरु ज्यानै जोखिम पारी अग्रपंतिको लड़ाकू बन्ने बाध्यता किन आयो ?

Image
 🇳🇵 " ज्यानको जोखिमा स्वाभिमान — रूस पुगेका १७२९ नेपाली युवाहरू" ✍️ एक मौन चित्कार, एक साझा प्रश्न रूस–युक्रेन युद्धले संसार हल्लायो। तर त्यस युद्धले नेपालका कुनाकाप्चा पनि हल्कायो — त्यो तब, जब थाहा भयो कि १७२९ जना नेपाली युवाहरू अध्ययन र रोजगारीको नाममा युद्धग्रस्त भूमिमा पुगेका छन्। हामी सबैले एकपटक आत्मालोचना गर्नु आवश्यक छ — यति कठोर निर्णय गर्न युवालाई बाध्य बनाउने त के कारण हो? र, यसको दोष को–कोको काँधमा कति–कति बाढिनुपर्ने हो? 🔍 दोषी को? 👪 परिवार: "परदेश जान्छु", भनेर जब एक छोराले भन्यो — त्यतिखेर आमाले आँखाको आँसु लुकाएर सहमति दिइन्, बुवाले ऋण उठाएर टिकट काटिदिए। किन? किनकि उनीहरूलाई लाग्यो — "कम्तिमा घर चल्छ, भाइको स्कुल फी त तिर्छ।" दोष — प्रेमले आँखा चिम्लिएको निर्णय। 🏘️ समाज: हामीले नै बनायौं यस्तो समाज — जहाँ नोकरीको मापदण्ड: "कतै बाहिर गयो? कति कमायो?" जहाँ युवाको आत्ममूल्यांकन पैसा र पदले नापिन्छ, र 'घाँस काटेर भए पनि विदेश जा' भन्ने प्रेरणा दिइन्छ। दोष — समाजले थोपरेको मूल्य मान्यता। 🏛️ देश, नीति र नेतृत्व: अर्को रा...