Posts

Showing posts from July, 2023

अध्यन गर्न रूस गएका नेपाली युवाहरु ज्यानै जोखिम पारी अग्रपंतिको लड़ाकू बन्ने बाध्यता किन आयो ?

Image
 रूस र युक्रेनको लड़ाई सुरु भए पश्चात मात्र करीब 1729 जना नेपाली युवाहरु अध्यन र रोजगारका लागी रूसमा गएको देखिन्छ। यसरी हाम्रा युवाहरूले ज्यानकै बाजी लगाएर भएपनि केहि पैसा कमाऔ र नेपाल बसेको परिवारलाई केहि सहयोग गरौ भने निर्णय एक युवाका लागी कती सम् दुखदायी होला। एस्तो परिस्थिति सृजनामा दोषी को होला? यों दोष सबैमा बरावर मात्रामा बाडिनु पर्छ : हाम्रो परिवार -जस्ले आफ्नो संतानको एस्तो निर्णय लीन दियो हाम्रो समाज -जस्ले जीवनलाई प्रतिस्पर्धा/आमदनी/जिम्मेवारी                     को बोझ युवाको कालिलो काधमा हल्यो हाम्रो देशको नीति र नेतृत्व -जस्ले यतिको वर्षमा पनि आफ्नो गाऊ /ठाउँमा बसी परिवार पाल्न सकने पनि वातावरण बनाऊन सकेन र यस्तो घटना हुदा समेत केहि जानकारी नभएको अभिब्यक्ति दियों।