Posts

Showing posts from January, 2022

राजनीतीमा युवाको संघर्ष

Image
"मलाई राजनीती संग केही मतलव छैन " ‘मलाई राजनीतिमा कुनै रुची छैन।’, ‘कुन पार्टीले के गरे पनि मलाई मतलब छैन र म कुनै पार्टीलाई समर्थन गर्दिनँ।,’ ‘सबै सरकार भ्रष्ट छन्। यहाँ कुनै सरकारहरूमा नैतिकता नै छैन।,’ ‘खासमा हाम्रो राजनीतिक प्रणाली नै भ्रष्ट छ।,’ ‘यो देशमा केही हुनेवाला छैन, बरु विदेश नै जानु ठिक।’ आफूलाई राजनीतिमा चासो नराख्ने बताउनुमा गर्व महशुस गर्ने पुस्ताका मानक तर्कहरू यिनै हुन्। यस्तो सोच भएका लाई मेरा केही प्रश्नहरू छन्ः के समाज न्यायपूर्ण छ?  तपाईंका आत्मीय मान्छे मध्ये कतिजना अस्पतालमा मृत्युको मुखमा पुगेका बालबालिकाका लागि समयमै अक्सिजन सिलिन्डर उपलब्ध गराएकोमा जेलमा जाकिएका छन्? तपाईंका नजिकका कति मान्छेहरू सबैखाले अधिकारबाट बञ्चितहरूका लागि आवाज उठाएकोमा नजरबन्दमा छन्? तपाईले माया गर्ने व्यक्तिमध्ये कतिजना कुनै दंगा वा फर्जी मुठभेडमा मरेका छन्? तपाईं मध्ये कतिजना मानिस कुनै निश्चित जाति वा धर्मका भएकै कारणले आफ्नो एकता लुटिने डरमा बाँच्नुपरेको छ? तपाईं मध्ये कतिजनाको मानवअधिकार उल्लंघन भएको छ? तपाईं मध्ये कतिजना एकदिनका लागि इन्टरनेटबिना बस्नुपरेको छ? कोही पन